काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको पेटबाट स्टेन्ट निकालिएको छ। दोस्रो पटक गत बुधबार मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओली फलोअपका लागि आइतबार बिहान त्रिवि शिक्षण अस्पताल पुगेका थिए।
अस्पतालका मिर्गौला प्रत्यारोपण सर्जन प्राध्यापक डा.उत्तमकुमार शर्माले प्रधानमन्त्री ओलीको पेटमा राखिएको स्टेन्ट आज झिकिएको जानकारी दिए ।
बिहान साढे १० बजेतिर अस्पताल पुगेका प्रधानमन्त्री ओली फलोअप सकेर दिउँसो ३ बजेतिर बालुवाटार फर्किएका छन्।
प्रधानमनत्रीको अरू प्यारामिटरहरू पनि सामान्य रहेको उनको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । डाक्टरले धेरै लामो धपेडी गर्न हुदैन भन्दा प्रधानमन्त्री मुस्कुराएका थिए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
