काठमाडौं– झापाका एक व्यक्तिलाई कोरोना भाइरस (कोभिड–१९ ) सङ्क्रमणको आशङ्का गरिएको छ । सङ्क्रमणको आशङ्का गरिएको व्यक्तिलाई उपचारका लागि आइतवार काठमाडौं लगिएको छ ।
ज्वरो आएर उपचारका लागि विराटनगरको नोवेल मेडिकल हस्पिटल पुगेका भद्रपुर–७ चन्द्रगढीका ४२ वर्षीय पुरुषलाई प्रारम्भिक जाँचपश्चात कोरोना भाइरस सङ्क्रमणको आशङ्का गरिएको हो ।
उनलाई चिकित्सकहरुले उपचारका लागि काठमाडौंको ग्राण्डी हस्पिटल सिफारिस गरेका छन् ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
