Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

आजको मौसम पूर्वानुमान : चट्याङ, मेघगर्जन र हावाहुरीसहित वर्षा


  • शुक्रबार, फाल्गुन ३० २०७६

  • आजको मौसम पूर्वानुमान : चट्याङ, मेघगर्जन र हावाहुरीसहित वर्षा

    काठमाडौं– मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । शुक्रबार विहान जारी गरेको पूर्वानुमानमा आज केही स्थानमा मेघ गर्जन, चट्याङ, हावाहुरी र वर्षाको सम्भावना रहेको र केही स्थानमा हिमपात समेत हुने सम्भावना रहेको उल्लेख गरिएको छ ।

    महाशाखाका अनुसार अहिले नेपालमा पश्चिमी वायुको प्रभाव परेको छ । हालको नेपालको मौसम भने पश्चिमी र मध्य क्षेत्रमा सामान्य बदली र बाँकी क्षेत्रमा आंशिक बदली भएको छ ।

    यसैगरी, दिउँसो देशभरी नै सामान्य बदली हुनेछ । पश्चिमी तथा मध्य भू–भागका केही स्थानहरूमा र पूर्वी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन, चट्याङ्ग तथा हावाहुरी सहित बर्षाको सम्भावना रहेको छ । साथै देशको अधिकांश उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

    त्यस्तै, पूर्वानुमानका अनुसार राति भने देशभर नै सामान्यदेखि पूर्ण बदली रहनेछ।

    यससँगै पश्चिमी भू–भाग लगायत मध्यका धेरै स्थानहरूमा र पूर्वी भू–भागका केही स्थानहरुमा मेघ गर्जन, चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ। काठमाडौं– देशको उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij