Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

विमानस्थलमा कोरोना नभएको प्रमाणित हुने कागजात अनिवार्य


  • बिहिबार, फाल्गुन २९ २०७६

  • विमानस्थलमा कोरोना नभएको प्रमाणित हुने कागजात अनिवार्य

    काठमाडौँ – सरकारले कोरोनाभाइरस (कोभिड–१९ ) को संक्रमणलाई नेपालमा फैलन नदिन सो रोगको उच्च संक्रमण भएका ८ मुलुकहरु चीन, इरान, इटाली, दक्षिण कोरिया, जापान, फ्रान्स, जर्मनी र स्पेनका नागरिकलाई नेपाल आउन अनअराइभल भिसा स्थगित गरिएको जनाएको छ ।
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार आयोजना गर्दै
    कोभिड–१९ रोगको उच्च जोखिम भएका ती मुलुकहरुबाट आउने यात्रुलाई रोग नभएको प्रमाणित हुने कागज लिएर मात्र नेपाल प्रवेश हुन पाउने प्रावधान अनिवार्य गरिएको जनाएको छ

    उच्च जोखिम भएका मुलुकहरुबाट आउने सबै यात्रुका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ज्वरोको स्क्रिनिङ्ग र स्वघोषणा फारम भर्ने अभियानलाई अनिवार्य लागू गरिएको छ ।
    यस क्रममा स्वस्थ रहेका व्यक्तिहरुलाईसेल्फ क्वारेन्टाइनमा बस्ने लिखित प्रतिवद्धतासहित पालना गर्नुपर्ने नियमहरुका बारेमा सूचित गर्ने व्यवस्था गरिएको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।सरकारले यो संक्रमण रोकथामका लागि चीन र भारतसँग सीमा जोडिएका प्रवेश नाकाहरुमा स्थापना भएका ४३ वटा हेल्थ डेस्कहरुबाट नेपाल प्रवेश गर्ने व्यक्तिहरुको स्क्रिनिङ्ग, स्वास्थ्य परीक्षण कार्यलाई निरन्तरता दिने समेत जनाएको छ ।

    यस्तै मन्त्रालयले हालसम्म ४५० जनाको नुमना परीक्षण भएकोमा १ जनामा मात्रै कोरोना भाइरस पोजेटिभ देखिएको छ । ती एक जना पनि निको भइसकेका छन् । यस्तै संक्रमणको आशंकामा ६ जना राजधानीको टेकु र पाटन अस्पतालको आइसोलेसन वार्डमा रहेको पनि मन्त्रालयले जनाएको छ ।

    रोगबारे निगरानी, रोकथाम र नियन्त्रणका लागि मन्त्रालयले १८ जना सर्भिलेन्स अधिकृत खटाउने तयारी समेत गरेको प्रवक्ता विकास देवकोटाले जानकारी दिए ।
    उनका अनुसार देशव्यापी रुपमा चेतनामूलक जानकारी प्रवाह गर्ने तथा केन्द्रीय तथा प्रादेशिक स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रहरुबाट प्रदेश सरकार र स्थानीय तहसँग बिरामीको उपचार तथा व्यवस्थापन गर्न समन्वय भइरहेको छ ।

    मन्त्रालयका अनुसार संक्रमण फैलिएमा देखिन सक्ने विभिन्न तीन किसिमका अवस्था आँकलन गरी सोही अनुरुप चाहिने आइसोलेसन बेड, औषधी उपकरण, आवश्यक जनशक्तिसहितको योजना बनाइएको छ ।
    त्यसैगरी नेपाल–भारत सीमामा सचेतना तथा सतर्कता अपनाउन आवश्यक समन्वय गर्नका लागि क्रस बोर्डर मिटिङ्ग भइरहेको मन्त्रालयले जनाएको छ ।

    यसैबीच मन्त्रालयले कोही नागरिक नेपाल बाहिर जान लागेको खण्डमा कोरोना नरहेको प्रमाणपत्र चाहिने अवस्थामा टेकु अस्पतालले आवश्यक जाँचको आधारमा रिपोर्ट दिने गरेको पनि जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij