Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कोराना संक्रमणको आशंकामा भर्ना भएका एक नेपाली आइसोलेसन वार्डबाट भागे


  • बिहिबार, फाल्गुन २२ २०७६

  • कोराना संक्रमणको आशंकामा भर्ना भएका एक नेपाली आइसोलेसन वार्डबाट  भागे

    काठमाडौँ — शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा कोराना संक्रमणको आशंकामा भर्ना भएका एक नेपाली भागेका छन् ।
    कोरियाबाट आएर बुधबार उनी भर्ना भएका थिए। ती व्यक्ति अझै सम्पर्कमा नआएको र प्रहरीको सहयोगमा उनको खोजी भइरहेको अस्पतालले जानकारी दिएको छ।
    अस्पतालमा बुधबार नै कोरिया, यूएई र कतारबाट आएका ३ जना नेपाली र नेपाल आएपछि भारत भ्रमण गरेर पुनः नेपाल नै फर्किएका एक जना फ्रेन्च नागरिक भर्ना भएका थिए।

    चारै जनामा कोरोनाको परीक्षण बिहीबार गराइने अस्पतालले जनाएको छ । कोरोनाको आशंकामा ३ नेपाली र एक फ्रेन्च अस्पताल भर्ना
    तीन जनालाई खासै समस्या नभए पनि एक जनालाई ब्रोङ्‌काइटिस जस्तो देखिएको थियो। बिहीबार थप एक जनालाई आइसोलेसन वार्डमा भर्ना गरिएको छ। हाल टेकुमा ४ जना शंकास्पद बिरामी भर्ना भएका छन्।
    मंगलबार मात्र अस्पतालबाट कोरियाबाट आएका ३ नेपाली र चीनबाट आएका एक जना चिनियाँ नागरिकमा कोरोना परीक्षण पछि संक्रमण नदेखिँदा आइसोलेसन वार्डबाट डिस्चार्ज गरिएको थियो।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij