Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

जन्ती बस दुर्घटना : चारको मृत्यु, २६ जना घाइते


  • बिहिबार, फाल्गुन २२ २०७६

  • जन्ती बस दुर्घटना : चारको मृत्यु, २६ जना घाइते

    मकवानपुर – मकवानपुरको गढी गाउँपालिका–२, गौरी भञ्ज्याङमा बुधबार बेलुका भएको बस दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । ३ जनाको भने सनाखत भएको छ ।

    जिल्ला प्रहरी कार्यालय, मकवानपुरका अनुसार, घटनामा गढी गाउँपालिका–२, गौरीभञ्ज्याङका ३५ वर्षीय सोमबहादुर रुम्बा, २८ वर्षीय सोम बहादुर मोक्तान र गढी गाउँपालिका–७ का २४ वर्षीय सुरज लोको मृत्यु भएको खुलेको छ । दुर्घटनामा परी ज्यान गएका अर्का २५ वर्षीय युवकको भने सनाखत हुन सकेको छैन ।

    जीतपुर भञ्ज्याङबाट सुकौरातर्फ जन्ती लिएर जाँदै गरेको ना ३ ख ३५५६ नम्बरको बस बेल फ्रेक भएर बुधबार बेलुका ७ बजे दुर्घटना भएको हो । दुर्घटनामा ३ जनाको घटनास्थलमै र १ जनाको उपचारको क्रममा कलेज अफ मेडिकल साइन्स अस्पतालमा गएराति मृत्यु भएको प्रहरीले जनाएको छ ।
    दुर्घटनामा २६ जना घाइते भएका छन् । घाइतेमध्ये १९ जनाको चुरेहिल अस्पतालमा, ३ जनाको हेटौंडा अस्पतालमा र ४ जनाको कलेज अफ मेडिकल साइन्स अस्पताल, भरतपुरमा उपचार भइरहेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij