Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पूर्वसभामुख कृष्णबहादुर महराले पाए सफाइ


  • सोमबार, फाल्गुन ५ २०७६

  • पूर्वसभामुख कृष्णबहादुर महराले पाए सफाइ

    काठमाडौं –निवर्तमान सभामुख कृष्णबहादुर महराले सफाइ पाएका छन् । जिल्ला अदालत काठमाडौंले उनलाई सफाइ दिएको काठमाडौं जिल्ला अदालतका श्रेष्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिए ।

    आइतबार नै फैसला आउने तयारी गरिएको भए पनि न्यायाधीश अम्बरराज पौडेलले फैसला टाइपिङमा ढिलाइ भएको कारण सोमबार मात्रै फैसला आउने बताएका थिए ।

    पूर्वसभामुख महरालाई संसद् सचिवालयमा कार्यरत महिला कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा मुद्दा दायर छ । यसअघि जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

    महराको पक्षबाट रमण श्रेष्ठ, शेरबहादुर केसी, लभ मैनाली, दीनमणि पोखरेल, भीमार्जुन आचार्यलगायतले बहस गरेका थिए । गत कात्तिक १८ गते जिल्ला अदालत काठमाडौंले उनलाई थुनामा राखेर अनुसन्धान गर्न आदेश थियो ।

    पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले आदेश दिएको थियो ।

    बलात्कार प्रयास मुद्दामा जिल्ला अदालत काठमाडौंबाट निर्दोष ठहर भएका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई डिल्लीबजार कारागारतर्फ लगिएको छ ।

    पुर्पक्षका लागि थुनामा रहेका महरालाई रिहाइको प्रक्रिया पूरा गर्न कारागारतर्फ लगिएको हो । उनलाई नेकपा कार्यकर्ताहरुले डिल्लीबजार कारागार बाहिर स्वागतको तयारी गरेका छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij