काठमाडौं– ललितपुरको बखुण्डोलस्थित एक कवाडी गोदाममा आगलागी आगलागी भएको छ।
आइतबार विहान करिब ११ बजे भएको हो। के कारणले आगलागी भएको खुलेको छैन।
घटनामा दुई जना घाइते छन्। गोदाम सञ्चालक र कामदार घाइते भएको र उनीहरूलाई उद्धार गरी अल्का अस्पताल लगिएको प्रहरीले जनाएको छ। आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ।
आगो नियन्त्रणका लागि काठमाडौं र ललितपुर महानगरका दमकल प्रयोग गरिएको छ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
