Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

गोरखामा दुध बेच्न हिँडेकी मनमायाको टिपरको ठक्करबाट मृत्यु


  • शुक्रबार, माघ १७ २०७६

  • गोरखामा दुध बेच्न हिँडेकी मनमायाको टिपरको ठक्करबाट मृत्यु

    गोरखा – टिपरको ठक्करबाट गोरखा नगरपालिका–१० अमलापानीकी ५२ वर्षीया मनमाया तामाङको मृत्यु भएको छ । बिहान ६ बजे दूध बेच्न भन्दै घरबाट नजिकैको छेपेटार बजारतर्फ गएकी उनलाई टिपरले ठक्कर दिएको हो ।

    ठक्करबाट भुइँमा लडेकी मनमायालाई टिपरले ब्याक गरेर किचेर मारेको आरोप स्थानीयले लगाएका छन् । टिपरको ठक्करबाट मनमायाको घटनास्थलमै मृत्यु भएको हो वा होइन अनुसन्धान भइरहेको प्रहरीको जनाएको छ ।
    ग १ ख ८०२७ नम्बरको टिपरले मनमायालाई किचेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । बाक्लो कुहिरोको कारण बाटो राम्रोसँग नदेखेपछि टिपरले ठक्कर दिएको हुनसक्ने प्रहरीले जनाएको छ ।
    प्रहरीका अनुसार मनमायाको मृत्युपछि आक्रोशित स्थानीयले क्रसरमा रहेका २० भन्दा बढि टिपरहरुको सिसा फुटाइदिएका छन् । यस्तै ६ वटा एक्साभेटर समेत तोडफोड गरेका छन् ।

    टिपर चालक प्रहरीको नियन्त्रणमा र भीड नियन्त्रणको प्रयास भइरहेको डीएसपी खतिवडाले बताए । यतिबेला घटनास्थलमा व्यापक मात्रामा प्रहरी परिचालन गरिएको छ ।
    क्रसर उद्योग बन्द नगरेसम्म मनमायाको शव नउठाउने स्थानीयवासीको अडान छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij