Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेपालगञ्जमा फागुन ८ गतेदेखि विज्ञान प्रविधि प्रदर्शनी हुने


  • शुक्रबार, माघ १० २०७६

  • नेपालगञ्जमा फागुन ८ गतेदेखि विज्ञान प्रविधि प्रदर्शनी हुने

    काठमाडौं –  आगामी फागुन ८ गतेदेखि नेपालगञ्जमा विज्ञान प्रविधिको प्रदर्शनी तथा महोत्सव हुने भएको छ ।

    नेपालगन्जको सडक डिभिजन कार्यालय परिसर, कारकाँदोमा हुने महोत्सवमा प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका कक्षा ८ देखि कक्षा १२ सम्मका विद्यार्थीले आफ्नो वैज्ञानिक प्रतिभा प्रदर्शन गर्नेछन् ।

    ग्राण्ड साइन्स फेस्टिबलले आयोजना गर्न लागेको प्रदर्शनीमा विज्ञान प्रविधि विषयसँग सम्बधित कविता, वादविवाद र नाटकको प्रतियोगिता समेत रहेको आयोजकले जानकारी दिएको छ ।

    फागुन १० गतेसम्म चल्ने सो प्रर्दशनीमा विद्यार्थी मात्र नभई देशैभरका युवा वैज्ञाकिले समेत प्रतिभा प्रदर्शन गर्न पाउने आयोजक समितिका अध्यक्ष आतंक बस्नेतले बताए ।

    प्रतियोगीहरुले माघ २९ गतेभित्र आफ्नोे नाम दर्ता गराइसक्नुपर्ने आयोजक समितिले जानकारी दिएको छ । विभिन्न विधामा विजेता भएकाहरुले नगद ४ लाख रुपैयाँ पनि पाउने छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij