पोखर– जिल्ला फुटबल संघ कास्कीका अध्यक्ष मिलन गुरुङ बाउन्स चेक दिएको आरोपमा पक्राउ परेका हुन् । गुरुङले होटेल जोस्टेललाई दुई लाख रुपैयाँको रित्तो चेक दिएका थिए ।
होटेल सञ्चालक हरिभक्त आचार्यले दिएको ठगीको उजुरीमा उनलाई पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता राजकुमार केसीले जानकारी दिए । मिलनले गएको असोज १३ गते चेक दिएका थिए ।
गत असोजमा सम्पन्न साग खेलमध्ये नेपाली फुटबल टिमका खेलाडीदेखि प्रशिक्षक, व्यवस्थापक सबै सोही होटेलमा बसेका थिए ।
यस्तै गुरुङविरुद्ध गएको आइतबार पोखरा क्रिएटिभ अवार्डका सञ्चालकले पनि हातपात गरेको भन्दै सीसीटिभी फुटेजसहित उजुरी दिएका थिए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
