Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

दामनमा मृत्यु भएका आठै जनाका शव आफन्तले बुझे


  • बिहिबार, माघ ९ २०७६

  • दामनमा मृत्यु भएका आठै जनाका शव आफन्तले बुझे

    काठमाडौं – मकवानपुर जिल्लाको एभरेष्ट पानारोमा रिसोर्टमा निसास्सिएर मृत्यु भएका आठै जनाको शव आफन्तले बुझेका छन्।

    प्रहरीका अनुसार मृतकको शव बिहीबार आफन्तले बुझेका हुन्। नेपालस्थित भारतीय दूतावासको सहकार्यमा मृतकहरूको शव आफन्तलाई बुझाइएको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रहरी नायब उपरीक्षक उमेश लम्सालले बताए।
    मृतकमध्ये पाँच जनाको शव लिएर बिहान आफन्त भारत उडेका छन्। अन्य तीन जनाको शव लिएर आफन्त जाने तयारीमा छन्।
    सोमबार थाहा नगरपालिका ४ सिमभञ्ज्याङस्थित रिसोर्टमा बसेका भारतीय पर्यटक मंगलबार बिहान अचेत अवस्थामा भेटिएका थिए। उनीहरूलाई हेलिकप्टरमा काठमाडौं ल्याइएकोमा मृत्यु भएको थियो।
    मृत्यु हुनेमा ३८ वर्षीय रन्जित कप, ३४ वर्षीया इन्द्र, ३७ वर्षीय प्रवीण, ३२ वर्षीया सरिया, ५ वर्षीय अभि, ७ वर्षीया अर्चना, ५ वर्षीय वैशनव र ९ वर्षीया बन्द्रा थिए।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij