Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

एन्फा कास्कीका अध्यक्षले दीपक मनाङ्गेविरुद्ध प्रहरीमा उजुरी दिने


  • बुधबार, माघ ८ २०७६

  • एन्फा कास्कीका अध्यक्षले  दीपक मनाङ्गेविरुद्ध प्रहरीमा उजुरी दिने

    पोखरा – अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङले प्रदेशसभा सदस्य राजीव गुरुङ उर्फ दीपक मनाङ्गेविरुद्ध उजुरी दिने भएका छन् ।
    मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको व्यवस्थापनप्रति असन्तुष्टि जनाउँदै मनाङ्गेले एन्फा कास्कीका अध्यक्ष गुरुङमाथि कुटपिट गरेका थिए ।

    मंगलबार पत्रकार सम्मेलन गरी गुरुङले प्रदेशसभा सदस्य मनाङ्गेविरुद्ध प्रहरीमा उजुरी दिने बताएका हुन । उनले भने, ‘सार्वजनिक स्थानमा ममाथि किकबक्सिङ हानियो । मेरो ज्यानको सुरक्षा भएन ।’
    पत्रकार सम्मेलनमा प्रतियोगिताका संयोजक एवं प्रशिक्षक कृष्ण थापाले प्रतियोगिताका नाममा भ्रष्टाचार भएको भनेर लगाएको आरोप प्रमाणित गर्न प्रदेशसभा सदस्य मनाङ्गेलाई चुनौती दिएका छन् । उनले भने, ‘हामीले भ्रष्टाचार गरेको भए जेल जान तयार छौं । होइन भने हामी चरित्र हत्या गरेकोमा कानूनी उपचार खोज्छौं ।’

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij