Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सभामुखमा अग्नि सापकोटाको मात्रै उम्मेदवारी


  • मंगलबार, माघ ७ २०७६

  • सभामुखमा अग्नि  सापकोटाको मात्रै उम्मेदवारी

    काठमाडौ – सभामुख पदका लागि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अग्निप्रसाद सापकोटाको मात्रै उम्मेदवारी परेको छ । प्रतिनिधिसभा संसदमा प्रतिनिधित्व गर्ने प्रमुख प्रतिपक्षी काँग्रेस, राजपा र समाजवादी पार्टी नेपालबाट उम्मेदवारी नपरेको संघीय संसद सचिवालयले जनाएको छ । संघीय संसदका महासचिव मनोहर प्रसाद भट्टराईले मंगलबार ११ बजेदेखि २ बजेभित्रको समयमा नेकपा सापाकोटाबाहेक अन्य दलबाट सभामुखमा उम्मेदवारी नपरेको बताए ।
    मंगलबार विहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ताका लागि समय दिइएको थियो । सभामुख निर्वाचनका लागि माघ १२ गते संसद बैठक बोलाइएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij