Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

दामनमा एकै परिवारका ८ भारतीयको मृत्यु (नामसहित)


  • मंगलबार, माघ ७ २०७६

  • दामनमा  एकै परिवारका ८ भारतीयको मृत्यु (नामसहित)

    काठमाडौं – मकवानपुर जिल्लाको दामनस्थित पानोरोमा रिसोर्टमा बेहोस भएर मृत्यु भएका आठजना भारतीय एकै परिवारका सदस्य भएको खुलेको छ । कोठामा हिटर बाली सुतेको अवस्थामा बेहोस भएका उनीहरुलाई कैलाश एयरको हेलिकप्टरबाट काठमाडौंस्थित हेम्स अस्पताल ल्याइएको थियो ।
    प्रहरी प्रवक्ता डीआईजी शैलेश थापा क्षेत्रीले ज्यान गुमाउने सबै एकै कोठामा सुतेको र निसास्सिएर ज्यान गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए ।
    प्रहरीका अनुसार उनीहरु १५ जना भारतबाट आएका थिए । जसमध्ये ८ जना एकै परिवारका थिए । उनीहरु सबै एकै कोठामा सुतेका थिए ।
    मृत्यु हुनेमा भारत केरलाका ३८ वर्षीय रन्जित कप, ३४ वर्षीय इन्द्र, ३७ वर्षीय प्रविण, ३२ वर्षीया सरिया, ५ वर्षीय अभी, ७ वर्षीया अर्चना,५ वर्षीय बैशनव र ९ वर्षीया बद्रा कप छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij