Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिइन्


  • सोमबार, माघ ६ २०७६

  • उपसभामुख शिवमाया तुम्बाहाङ्फेले  राजीनामा दिइन्

    काठमाडौं– प्रतिनिधि सभाकी उपसभामुख शिवमाया तुम्बाहाङ्फेले पदबाट राजीनामा दिएकी छन्। सोमबार दिउँसो तुम्बाहाङ्फले नयाँ बानेश्वरस्थित संसद सचिवालयमा राजीनामा बुझाएकी हुन्। राजीनामा बुझाउनअघि प्रतिनिधिसभा बैठकको अध्यक्षता गर्दै उनले सभामुख चयनका लागि आफूले मार्गप्रशस्त गर्ने बताएकी थिइन्। संसदमा बोल्दै उनले दुई वर्षको आफ्नो कार्यकाल अविस्मरणीय रहेको बताइन्।
    अब संसदको अर्को बैठक दिउँसो ४ बजे बस्नेछ। उक्त बैठकको अध्यक्षता भने जेष्ठ सदस्यले गर्नेछन्।
    सोही बैठकले सभामुख निर्वाचनको कार्यतालिका सार्वजनिक गर्नेछ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij