Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सोलुखुम्बुको तिङ्लामा तनाव, १६ वटा मोटरसाइकल र एउटा जीपमा आगजनी


  • शनिबार, माघ ४ २०७६

  • सोलुखुम्बुको तिङ्लामा तनाव, १६ वटा मोटरसाइकल र एउटा जीपमा आगजनी

    सोलुखुम्बु – तिङ्लाबासीले राष्ट्रिय विद्युत प्रसारण लाइनमा जोड्न कार्यक्रम विथालेको छन् । त्यसक्रममा प्रहरीले हवाई फायर र अश्रु ग्याँस समेत हानेको छ ।

    तिङ्लाको लाम्मानेमा बनेको ३३ केभी प्रसारण लाइनको सबस्टेशनमार्फत जिल्लालाई केन्द्रीय प्रसारण लाईनमा जोड्न शनिबार पत्तालेमा कार्यक्रम राखिएको थियो ।
    तर तिङ्लाबासीले त्यसको विरोध जनाए । मुख्य प्रभावित क्षेत्र सोलुदुधकुण्ड नगरपालिका ११, तिङ्लामा विद्युतीकरण नगरी कार्यक्रम राखिएकोमा उनीहरुले विरोध जनाएका हुन् । बन्दकर्ताले १६ वटा मोटरसाइकल र एउटा जीपमा आगजनीसमेत गरेका छन् ।

    उनीहरुले पत्तालेको कार्यक्रममा सहभागी हुन सदरमुकाम सल्लेरीबाट गएको टोलीलाई रोक्ने क्रममा ढुङ्गामुडा समेत गरेका थिए

    स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीले हवाई फायर र अश्रु ग्याँस प्रहार गरेको थियो । तिङ्लावासीको विरोधकपछि प्रसारण लाइन उद्घाटन कार्यक्रम स्थगित भएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij