काठमाडौं – बी एण्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईं र चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीको घुस विवाद अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म पुगेको छ ।
प्रसाईंले गिरीमाथि २० करोड घुस मागेको आरोप लगाउँदै अख्तियार र सम्पत्ति शुद्धीकरण विभागमा उजुरी दिएका छन् ।
त्यसअघि प्रसाईंले पत्रकार सम्मेलन गरेर घुस मागेको आरोप लगाएपछि डा. गिरीले त्यसको खण्डन गरेका थिए ।
तर प्रसाईंले मंगलबार पत्रकार सम्मेलन गरेर अख्तियारमा उजुरी दिएको बताएका हुन् । साथै उनले यही मुद्दालाई लिएर अदालतसम्म जाने चेतावनी दिएका छन् ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
