हेटौँडा – प्रदेश तीनको नाम वागमती र स्थायी राजधानी हेटौंडा कायम भएको छ । प्रदेशसभाको आइतबार बसेको बैठकले प्रदेशको नाम र स्थायी राजधानी टुंगो लगाएको हो । आज बसेको प्रदेशसभा बैठकले मुख्यमन्त्री डोरमणि पौडेलद्वारा गरिएको प्रस्तावलाई दुई तिहाइभन्दा बढी मतले अनुमोदन गरेको हो ।
उक्त प्रस्तावको पक्षमा १०५ मत परेको थियो । प्रस्तावको विपक्षमा ३ मत मात्र खसेको थियो ।
प्रदेशसभाका कुल ११० सांसदमध्ये प्रस्तावमाथि मतविभाजन हुँदा बैठकमा १०८ सांसद उपस्थित थिए । प्रदेशसभाको दुई तिहाई मतले प्रदेशको नाम र स्थायी राजधानी कायम गर्ने संवैधानिक प्रावधान छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
