Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

न्याय परिषद सदस्यमा लक्ष्मीबहादुर निरालाको नाम अनुमोदन


  • आइतबार, पुष २० २०७६

  • न्याय परिषद सदस्यमा लक्ष्मीबहादुर निरालाको नाम अनुमोदन

    काठमाडौं – संघीय संसदको संसदीय सुनुवाई समितिले लक्ष्मीबहादुर निरालाको नाम न्याय परिषद् सदस्यमा सर्वसम्मत अनुमोदन गरेको छ ।
    आइतबार बसेको समिति बैठकले निरलाको नाम न्याय परिषद् सदस्यमा सर्वसम्मत अनुमोदन गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले निरालाको नाम सिफारिस गरेका थिए ।

    समितिले १० दिनको म्याद दिएर उनी विरुद्ध उजुरी आह्वान गरेपछि कुनै पनि उजुरी परेको थिएन् । समिति सभापति लक्ष्मणलाल कर्णले योग्यता, क्षमता र अनुभवका आधारमा निरदा न्याय परिषद सदस्यका लागि योग्य रहेकाले सर्वसम्मतिबाट नाम अनुमोदन गर्ने निर्णय भएको बताए ।
    न्यायपरिषद सदस्यमा सिफारिस निरालाले समितिबाट अनुमोदन हुनुअघि समिति छलफलमा आफु निष्ठापूर्वका काम गर्ने प्रतिवद्धता जनाए । जीवनको उत्तराद्र्धमा कुनै दायाँ बायाँ गर्नुपर्ने आवश्यकता नरहेको भन्दै निरालाले आफुमाथि गरिएको विश्वासलाई असर पर्न नदिने बताए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij