जनकपुर – धनुषाका विद्यालयहरु अत्याधिक चिसो बढेपछि सोमबारदेखि एक साताका लागि बन्द गरिएको छ ।
विगत केही दिनदेखि निरन्तर चिसो बढेर शीतलहर हुन थालेपछि जिल्ला शिक्षा विकास तथा समन्वय इकाई समिति धनुषाले विद्यालयहरु ५ दिन बन्द गर्नुपरेको बताएको छ ।
त्यस्तै प्याबसन र एन–प्याबसन धनुषाले ३ दिनसम्म निजी विद्यालयहरुमा विदाको घोषणा गरेका छन् । निजी विद्यालयहरुले पुस १४ गते सोमबारदेखि १६ गते बुधबारसम्म बिदा दिने निर्णय गरेको जनाएका छन् ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
