Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

लेखा समितिको निर्देशन : सिमेन्टको नयाँ मापदण्ड तत्काल कार्यान्वयन नगर्नु


  • सोमबार, पुष ७ २०७६

  • लेखा समितिको निर्देशन : सिमेन्टको नयाँ मापदण्ड तत्काल  कार्यान्वयन नगर्नु

    काठमाडौं – प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले सरकारले हालै कायम गरेको सिमेन्टको नयाँ मापदण्ड कार्यान्वयन तत्काल रोक्न निर्देशन दिएको छ ।
    समितिले सोमबार उदयोग सचिव यमकुमारी खतिवडा र गुणस्तर विभागका महानिर्देशक विश्वबाबु पुडासैनीसँग सिमेन्टको मापदण्डबारे छलफल गरेको थियो ।
    गुणस्तर विभागले गत असार ८ गते सिमेन्टमा राखिने रासायनिक पदार्थको मापदण्ड परिवर्तन गर्ने निर्णय कार्यान्वयन गर्दा संरचना निर्माण हानिकारक हुने भन्दै समितिले पुरानै सिमेन्टको पुरानै गुणस्तर कार्यान्वयन गर्न निर्देशन दिएको हो ।
    विभागले सिमेन्टमा राखिने म्याग्नेसियम अक्साइड र इन्‍सोल्युब रेसिड्यु नामको पदार्थको मात्रामा हेरफेर गर्ने निर्णय गरेको थियो ।
    विभागले सिमेन्ट उद्योगलाई नयाँ मापदण्ड लागू गर्न पत्राचार गरेको तर लेखा समितिलाई अहिले नयाँ मापदण्ड कार्यान्वयनमा नआएको भन्दै झुक्याएको लेखा समिति सभापति भरत शाहले बताए ।
    उद्योग सचिव यमकुमारी खतिवडाले भने अन्यथा नियत राखेर मापदण्ड परिवर्तन नगरेको बताइन् । उनले ३ वर्षदेखि प्राविधिक कमिटीसँगको छलफलपछि नयाँ मापदण्ड लागू गरिएको उनले दावी गरिन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij