Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

गुठी संस्थानका प्रमुख र उपप्रशासक घुस लिएको अभियोगमा पक्राउ


  • मंगलबार, पुष १ २०७६

  • गुठी संस्थानका प्रमुख र उपप्रशासक घुस लिएको अभियोगमा पक्राउ

    काठमाडौं – गुठी संस्थानका प्रमुख प्रशासक नारायण चौधरी र उपप्रशासक जय रेग्मी सेवाग्राहीबाट घुस लिएको अभियोगमा पक्राउ परेका छन् ।
    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मंगलबार अपरान्ह त्रिपुरेश्वरस्थित कार्यालयबाटै उनीहरुलाई पक्राउ गरेको हो ।
    काठमाडौं महानगरपालिका- १ स्थित जग्गासम्बन्धी संस्थानमा चलिरहेको मुद्दामा गुठीको जग्गा गुठीमै कायम गर्न घुस लिएको सूचनाका आधारमा अनुसन्धान गर्न उनीहरुलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij