Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

अस्ट्रेलियाको सडकदेखि सदनसम्म भिजिट नेपाल


  • मंगलबार, पुष १ २०७६

  • अस्ट्रेलियाको सडकदेखि सदनसम्म भिजिट नेपाल

    ‘समृद्ध नेपाल बनाउँ, विश्वमा नेपाल चिनाउँ’ भन्ने नाराका साथ सुरु गरिन लागेको भिजिट नेपाल २०२० लाई सफल बनाउन अस्ट्रेलियाको सीड्नीमा आगामी जनवरी ७ तारिखका दिन विविध कार्यक्रमको आयोजना गरिने भएको छ । नेपाल सरकारले सन २०२०मा बिस लाख पर्यटक भित्राउने लक्ष्यका साथ सुरु गरेको भिजिट नेपाल अभियानलाइ सफल बनाउन नेपाली राजदुतावास, एनआरएन लगायत समाजिक संघ संस्था हातेमालो गरेर अगाडि बढेका हुन ।
    जनवरी ७ तारिखका दिन सिड्नीको बिभिन्न स्थानमा नेपालको परिचय दिने पर्चा पम्पलेट बाडेर सुरु गरिने कार्यक्रममा दिउसो नेपाली भेषभुषा र कला संस्कृती झल्कने विविध परिचिय सहित सीड्नीको पर्यटकीय स्थलमा विविध कार्यक्रम गरिने भएको छ । यसै गरी जनवरी सात तारिखका दिन बेलुका एनएसडब्लको संसद भवनमा रात्रीभोजको आयोजना गरिने र स्थानिय राजनितीक दलका नेता सहित अस्ट्रेलियामा रहेर नेपालको विकास निमाणर््ामा सहयोग पुरयाउने ब्यक्तीत्वहरुलाई आमन्त्रण गरिने एनआरएन अस्ट्रेलियाका महासचिब डा ज्ञानेन्द्र रेग्मीले बताए ।
    नेपाल सरकारको यो महत्वाकाक्षी योजना सफल बनाउने हामी सबैको कर्तब्य हो । त्यसैले राजदुतावास,महाबाणिज्यदुतको कार्यालयसँंग मिलेर मुलुकको पर्यटन बिकासमा टेवा पुग्ने प्रयासमा हामी जुटेका छौ,रेग्मीले बताए ।
    यस अभियानको अगुवाका रुपमा लागिपरेका अस्ट्रेलियाका लागि नेपाली राजदुत महेशराज दाहालले सबैको सहयोग र सदभावले मात्र यो प्रयास सफल हुने बताउदै मुलुकको भबिष्यसँंग जोडिएको पर्यटन बिकासमा सबै एकजुट भएर अगाडि बढनुपर्ने बताए । राजदुत दाहालले भिजिट नेपाल राज्यको मात्र नभएर नेपालसँंग जोडिएका सबै नेपालीको साझा अभियान भएकोले यसलाई सफल पार्नु सबैको दायित्व भएकोले आआफ्नो ठाउवाट सहयोग गर्न आब्हान पनि गरे ।
    कार्यक्रममा न्यु साउथवेल्सका महाबाणिज्यदुत दिपक खड्काले अस्ट्रेलियाको नेपाली समाज सधै मुलुकको बिकास र बिस्तारका लागि तत्पर भएकोले भिजिट नेपाल अभियानलाई अस्ट्रेलियावाट सहयोग पुग्ने कुरामा आफु बिश्वस्त रहेको बताए । यो अभियान आफैमा नेपालको परिचय बढाउने योजनाका रुपमा रहेको भन्दै खड्काले अस्ट्रेलिायाको कुना काप्चामा रहेका नेपालीले अस्ट्रेलियन साथीहरुलाई नेपाल भ्रमणको निम्तो दिनुपर्ने बेला आएको बताए ।
    राजदुतावासकी उपनियोग प्रमुख द्रुपदा सापकोटाले यस अभियानलाई सफल बनाउन नेपाल चिनाउने बिभिन्न सामाग्रीहरु बितरण गरिने समेत जानकारी गराइन । एनआरएनद्धारा भिजिट नेपालको सन्दर्भमा पारेर आयोजित कार्यक्रममा एनआरएनका उपाध्यक्ष देब गुरुङ,कोषाध्यक्ष अनिल पोखरेल, युवा संयोजक इर्शाद अहमद, एनएसडब्लुका सचिब दिपक पहारी तथा नारी निकुन्जकी अन्जना बस्नेतले भिजिट नेपाल सफल बनाउने अभियानमा आआफ्नोतर्फवाट सक्दो सहयोग गर्ने बचनबद्धता प्रकट गरेका थिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij