काठमाडौं – न्यायाधीशको सुरक्षामा खटिएकी प्रहरीले हतियार हराएपछि उनीमाथि अनुसन्धान सुरु भएको छ । उच्च अदालत जनकपुरका न्यायाधीश सकुन्तला घिमिरेको सुरक्षा गार्डको रुपमा खटिएकी प्रहरी जवान रनिता कुमारी केवटको पेस्तोल हराएको छ । प्रहरीका अनुसार ७ राउन्ड गोली लोड भएको पेस्तोलसहित प्रहरी जवान केवटका प्रेमी शिवेन्द्र यादव फरार भएका हुन् । प्रहरीले प्रहरी जवान रनितालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।
प्रहरी अधिकारीका अनुसार केवट जनकपुर उपमहानगरपालिका–४ भैरव चोकमा डेरामा बस्दै आएकी थिइन् । केवटका प्रेमी पनि मंसिर १९ गतेबाट सँगै कोठामै बस्दै आएका थिए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
