Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

अपडेट : सिन्धुपाल्चोक बस दुर्घटनामा मृतकको संख्या १५ पुग्यो


  • आइतबार, मंसिर २९ २०७६

  • अपडेट : सिन्धुपाल्चोक बस दुर्घटनामा मृतकको संख्या १५ पुग्यो

    काठमाडौँ । दोलखाको कालिञ्चोक मन्दिर दर्शन गरेर भक्तपुर फर्कँदै गरेको बस आइतबार बिहान सिन्धुपाल्चोकको सुनकोशी गाँउपालिका–७  स्थित ६ किलोमा दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ८ महिला, ४ पुरुष, एक बालिका र दुई बालक रहेका छन् ।

    मृतक १५ जनामध्ये ६ जनाको सनाखत भइसकेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

    दुर्घटनामा १७ जना घाइते भएका छन् । घाइतेहरुको काठमाडौं, धुलिखेल र सिन्धुपाल्चोकका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    प्रहरीमन अनुसार धुलिखेल अस्पतालमा २, हेम्स अस्पतालमा ६, केएमसीमा १, सिन्ध सदावहार अस्पताल खाडीचौरमा १ र बाँकी ७ जना बाटोमै रहेका छन् । यस्तै १७ जना घाइतेमध्ये ११ जनाको पहिचान भएको छ ।

    मृतकहरुको नामावली

    १. सिन्धुपाल्चोक जुगल गाउँपालिका–७ का सुक बहादुर तामाङ

    २. सिन्धुपाल्चोक जुगल गाउँपालिका–७ की सबिना तामाङ

    ३. दोलखाको भीमेश्वर नगरपालिकाकी जुनुमाया तामाङ

    ४. दोलखाको भीमेश्वर नगरपालिकाकी मञ्जु तामाङ

    ५. रामेछापको उमाकुण्ड गाउँपालिका–५ का महेश तामाङ

    ६. भक्तपुरको सुर्यविनायक नगरपालिकाका चिुन बस्नेत

    दुर्घटना घाइतेहरुको नामावली

    आयुषा तामाङ

    धनकाजी तामाङ

    रञ्जीता तामाङ

    हरिमाया तामाङ

    दोर्जे तामाङ

    सागर तामाङ

    दिपक तामाङ

    नैना तामाङ

    सहचालक गिपलव तामाङ

    भक्तपुरका सागर केसी

    नाम नखुलेको ५/६ महिनाकी एक बालिका रहेका छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij