Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

धनुषा वम विस्फोटमा संलग्न भएको आरोपमा विप्लव समूहका पाँच जना पक्राउ


  • आइतबार, मंसिर २९ २०७६

  • धनुषा वम विस्फोटमा संलग्न भएको आरोपमा विप्लव समूहका  पाँच जना पक्राउ

    काठमाडौं – धनुषाको थिरेश्वरनाथ नगरपालिका–५ स्थित औषधि व्यावसायी राजेश साहको घरमा बम विस्फोटनमा संलग्न रहेको आरोपमा प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका पाँचजनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा जिल्ला सचिव हंसपुर नगरपालिका–२ का ३२ वर्षीया ललिता देवी महरा लगायत पाँचजना छन् ।

    उनीहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखेर अनुसन्धान सुरु गरिएको छ । विप्लव समूहले देशका विभिन्न स्थानमा वम विस्फोट गर्दै आएकाले शुक्रबार रातिको विस्फोटमा पनि सोही समूह संग्लन रहेको प्रहरीको दाबी छ । विप्लव समूहले भने आरोपबारे कुनै प्रतिक्रिया दिएको छैन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij