Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु


  • आइतबार, मंसिर २९ २०७६

  • सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु

    काठमाडौं – दोलखाको कालिन्चोकबाट भक्तपुर आउँदै गरेको बस सिन्धुपाल्चोकमा दुर्घटना हुँदा १४ जनाको घटनास्थलमै मृत्यु भएको छ । १७ जना घाइते छन् ।
    १२ जनाको घटनास्थलमै मृत्यु भएको थियो । प्रहरीका अनुसार उपचारको क्रममा थप २ जनाको मृत्यु भएको हो । मृत्यु हुनेहरुमा ८ जना महिला, ३ जना पुरुष, एकजना बालिका र दुईजना बालक रहेका छन् ।

    सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका–७ , स्थित ६ किलो भन्ने स्थानमा बा ४ ख ४४६८ नम्बरको बस दुर्घटना भएको थियो । घाइतेहरूलाई उद्धार गरेर धुलीखेललगायतका अस्पताल पुर्याइएको प्रहरीले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij