Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

प्रधानमन्त्रीलाई एपेन्डिसाइटिस, अप्रेशन गर्ने तयारी


  • मंगलबार, मंसिर १० २०७६

  • प्रधानमन्त्रीलाई एपेन्डिसाइटिस, अप्रेशन गर्ने तयारी

    काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् ।
    प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षणका लागि मंगलबार त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगेका थिए । परीक्षणका क्रममा चिकित्सकले भर्ना भएर बस्न सल्लाह दिएपछि उनी भर्ना भएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
    मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका अनुसार प्रधानमन्त्री ओलीलाई एपेन्डिसाइटिस भएको छ । एपेन्डिसाइटिस भएका बिरामीको तत्काल अपरेसन गर्नुपर्ने भएकाले त्यसको तयारी भइरहेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij