Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

छैठौ अन्तराष्ट्रिय गोल्डेन ब्राण्ड अवार्ड २०१९ मा चार नेपाली सम्मानित


  • आइतबार, मंसिर ८ २०७६

  • छैठौ अन्तराष्ट्रिय गोल्डेन ब्राण्ड अवार्ड २०१९ मा चार नेपाली सम्मानित

    काठमाडौँ – सिंगापुरमा सम्पन्न भएको छैठौ अन्तराष्ट्रिय गोल्डेन ब्राण्ड अवार्ड २०१९ मा चार नेपाली सम्मानित भएका छन् । विभिन्न ३० राष्ट्र आएको २५ विधा बाट करिब ४०० वटा नोमिनेसनमा नेपालको तर्फ बाट २ जना पुरुष र २ जना महिला छनौट भएका थिए । जसमा चर्चित अन्तराष्ट्रिय कोरियोग्राफर आस्विनी कान्त झा र चर्चित तथा सफल पेजेण्ट डाइरेक्टर निशु कान्त झालाइ एक भब्य समारोह बीच प्रमुख अतिथि इन्डोनेसियाका राजा अरिया पकु आलम अल हज द्वारा सम्मान गरिएको थियो ।

    त्यसैगरि महिला तर्फ लेडी अफ एक्सिलेन्स अवार्डमा २० देश बाट करिब २५० वटा नोमिनेसनमा नेपालको तर्फ बाट युवा ब्यबासयी, समाजसेवी तथा मोडल एलिजा महर्जन र चलचित्र निर्देशक तथा डान्स कोरियोग्राफर सावित्री खत्रीले अवार्ड चुम्न सफल भएका थिए ।

    सिंगापुरको आर्किड कन्ट्री क्लबमा सम्पन्न भएको उक्त कार्यक्रम विभिन्न अन्तराष्ट्रिय प्रस्तुतिको साथमा अन्तराष्ट्रिय कलाकार मोडलहरुको बाक्लो उपस्थिति रहेको थियो ।

    छैठौ अन्तराष्ट्रिय गोल्डेन ब्राण्ड अवार्ड २०१९ मा सम्मानित हुन सफल नेपाल तथा अन्तराष्ट्रिय स्तरमा आफ्नो कोरियोग्राफी मार्फत ख्याति बटुलेका चर्चित फेसन कोरियोग्राफर आस्विनी कान्त झाले करिब २५० भन्दा बढी ब्युटी पेजेन्टमा कोरियोग्राफी गरिसकेका छन् भने उनि ब्युटी पेजेन्ट एसोसियसन अफ नेपालका सस्थापक सदस्य समेत हुन् । उनले सौन्दर्य प्रतियोगिता क्षेत्रमा पुर्याएको योगदानको उच्च मुल्यांकन गर्दै उक्त अवार्ड प्रदान गरिएको थियो । त्यसैगरी रिवन इन्टरटेनमेन्ट मार्फत नेपालमा विभिन्न उमेर समुहका लागि सौन्दर्य प्रतियोगिता आयोजना गर्दै आएका निशुकान्त झा बिगत लामो समय देखि पेजेण्ट निर्देशनमा लागिपरेका व्यक्तित्व हुन् । राष्ट्रिय स्तरमा मात्र नभई अन्तराष्ट्रिय स्तरमा समेत चर्चा  कमाएका झा बिबाहित महिलाहरुको लागि गरिएको सफल प्रतियोगिता मिसेस नेपाल इन्टरनेशनलका आयोजक हुन् । झा ब्युटी पेजेन्ट एसोसियसन अफ नेपालका सस्थापक महासचिब समेत रहेका छन् ।

    त्यसैगरी  लेडी अफ एक्सिलेन्स अवार्ड जित्न सफल एलिजा महर्जन मिसेस नेपाल ग्ल्यामकि बिजेता हुन् भने उनि युवा ब्यबसायी, समाजसेवीको रुपमा समेत परिचित छिन । महर्जन विभिन्न संघ सस्थामा समेत आबद्ध रहेर सक्रिय सामाजसेवामा लागिपरेकी व्यक्तित्व हुन् । त्यस्तै अर्को अवार्ड बिजेता सावित्री खत्री डान्स कोरियोग्राफी र चलचित्र निर्देशनमा सक्रिय छिन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij