काठमाडौं- बहुचर्चित निर्मला पन्तको बलत्कार पछिको हत्याकाण्डबारे प्रहरीले पुनः अनुसन्धान गर्ने भएको छ । डिएनए नमिलेको भनि अनुसन्धानकै क्रममा हिरासतबाट मुक्त भएका दिलिपसिंह विष्ट माथि नै केन्द्रीत भएर प्रहरीले अनुसन्धान केन्द्रीत गर्ने प्रहरी स्रोतले बताएको छ । प्रहरी महानिरिक्षक सबेन्द्र खनालकै अग्रसतामा अनुसन्धान अघि बढेको हो । हिरासत मुक्त भएका विष्टलाई पुनः पक्राउ गरी अनुसन्धान थाल्ने अन्तिम निष्कर्षमा प्रहरी पुगेको हो । उनलाई छिट्टै पक्राउ गरिने प्रहरी स्रोतको भनाईछ । २०७५ साउन २१ गते निर्मतापूर्वक बलत्कारी गरि हत्या गरिएको घटना राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा चर्चा भएको थियो ।
कञ्चनपुरका तत्कालिन प्रहरी प्रमुखसहित केहि प्रहरी अनुसन्धानमा लावरबाही गरेका भन्दै बर्खास्तीमा परेका थिए भने केन्द्रीय अनुसन्धान ब्युरोका डिएसपी अंगुर जिसी निलम्बनमा छन् । जिसीकै अनुसन्धानको जगमा टेकेर प्रहरीले पुनः अनुसन्धान गर्न लागेको हो । घटनाको वास्तविकता पत्ता लगाउन नसकेको भन्दै सरकारको चौतर्फी आलोचना भइरहेको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
