काठमाडौं- कार्यसम्पादन सन्तोषजनक नभएको भन्दै प्रधानमन्त्री केपी ओलीले मन्त्रीपरिषदको पुर्नगठन गरेका छन् । लामो गृहकार्यपछि गरिएको पुर्नगठन प्रधानमन्त्रीले भने जस्तै कार्य क्षमतासंग जोडियो की जोडिएन भन्ने गम्भिर प्रश्न उठेको छ । कार्यसम्पादनमा अब्बल भनेर प्रंशसा पाएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट समेत हटाइएपछि पुर्नगठनको नियत कार्यसम्पादनसंग मात्रै जोडिएको देखिएन । बैदेशिक रोजगारका माफियाहरुलाई नियम गर्न अनेकौ राम्रा काम गरेका मन्त्री विष्टलाई हटाउनुको औचित्य प्रधानमन्त्रीले पुष्टी गर्न सकेका छैनन् । मलेसिया लगायत खाडी राष्टका श्रमिकका पक्षमा राम्रो काम गरेका विष्टलाई म्यानपावर माफियाहरुकै चलखेलमा हटाइएको प्रष्ट छ ।
त्यस्तै कर्मचारी संमायोजन लगायत दोहोरो नागरिकताका विषयमा समेत स्पष्ट दृष्टिकोणसहित काम गर्दै आएका सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलाई हटाउनुको औचित्यपनि पुष्टि हुने खालको छैन । पण्डितको मन्त्रालय विकासे मन्त्रालय नभई प्रंशासनिक व्यवस्थापन र नीति निर्माण गर्ने मन्त्रालय हो । उनको काम कुन कुरामा चित्त बुझ्दो नभएको भन्ने कारण दिनसक्ने अवस्था देखिदैन । बरु उनको सादा जीवनको प्रंशसा हुँदै आएको थियो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादव खरो स्वभावका मन्त्री हुन । भ्रष्टाचारको कट्टर विरोधी यादवको मन्त्रालय पनि मुलत व्यवस्थापनसंग सम्बन्धीत छ । उनले कुन काम खराव गरे भन्ने कुराको स्पष्ट आधार छैन् । प्रधानमन्त्री ओलीले आफ्नो निर्वाचन क्षेत्रमा निर्माण गर्न लागेको भ्यु टावरका विषय नियमसंगत नभएको बताएपछि उनी माथि प्रधानमन्त्रीको बक्रदृष्टि पर्दै आएको हो । अर्का कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणी खनाल विरुद्ध पनि प्रधानमन्त्रीसंग हटाउनुको आधार छैन् । यी मन्त्रीहरुसंग जोडिएर कुनै ठुला साना भ्रष्टाचारका काण्डसमेत देखिएको छैन् ।
प्रधानमन्त्रीले व्यक्तिगतरुपमा नरुचाएकाहरुलाई राजनीतिक भविष्यलाई समेत असर पर्नेगरी कारबाहीको स्वरुपमा मन्त्री पदबाट हटाइएको छ । यसलाई कार्यसम्पादनको विषय भन्दा पनि प्रधानमन्त्रीको आफुलाई मन नपरेको मान्छेलाई नरुचाउने र जिम्मेवारीबाट अलग गराउने कार्यशैलीको उपचको रुपमा लिन सकिन्छ । सल्लाहकार र सचिवालयको विषयमा पनि प्रधानमन्त्री ओलीले बढि विवादित मान्छेलाई यथावत राखेको छन् ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
