Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सिरहाबाट हराएको डिजेल ट्याङ्कर रित्तो अवस्थामा फेला


  • बुधबार, मंसिर ४ २०७६

  • सिरहाबाट हराएको डिजेल ट्याङ्कर रित्तो अवस्थामा फेला

    जनकपुर -सोमबार सिरहाबाट हराएको डिजेल ट्याङ्कर धनुषाको क्षीरेश्वरनाथ नगरपालिकास्थित रमदैयामा फेला परेको छ ।
    क्षीरेश्वरनाथ नगरपालिका वडा नम्बर १ मा रहेको राजदेवी मन्दिर छेउ अलपत्र अवस्थामा डिजेल ट्याङ्कर फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
    डिजेल ट्याङ्कर सिरहा प्रहरीलाई बुझाउने तयारी गरिएको छ । प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय महेन्द्रनगरले रित्तो अवस्थामा रहेको डिजेल ट्याङ्कर फेला परेको हो ।
    मङ्गलबार ट्याङ्कर व्यवसायी महासंघको सूचना अनुसार बिहार पुगेको सिरहा प्रहरी रातभरको खोजपछि रित्तै फर्किएको थियो ।
    अमलेखगञ्ज डिपोबाट डिजेल बोकी विराटनगरतर्फ गइरहेको नेपाल आयल निगमको ट्याङ्कर दुई दिनपछि फेला परेको हो ।

    ना ४ ख ४१६३ नम्बरको ट्याङ्कर सिरहाको लहानबाट सोमबार राति करिब १ बजेदेखि अपहरण पारिएका भनिएको डिजेल ट्याङ्करका चालक भने मङ्गलबार दिउँसो प्रहरीको सम्पर्कमा पुगेका थिए ।

    प्रहरीले चालक रामदेव यादव र सहचालक उमेश यादवका अनुसार आफूहरुलाई राति करिब १ बजेको समयमा एक समूहले अपहरण गरी ट्याङ्कर भारत तर्फ लगेको थियो ।

    प्रहरीका अनुसार नेपालमा भन्दा भारतमा पेट्रोलियम पदार्थ महँगो भएकोले मिलेमतोमा बेच्न लगिएको आशंका छ ।
    उक्त डिजेल ट्याङ्करमा २० हजार लिटर डिजेल रहेको थियो । काठमाडौँ उपत्यकाको बिक्री मूल्य अनुसार १९ लाख ४० हजार रुपैयाँ बराबरको डिजेल ट्याङ्करमा रहेको थियो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij