Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

काठ तस्कर र वन गस्तीबीच पर्सामा गोली हानाहान


  • सोमबार, मंसिर २ २०७६

  • काठ तस्कर र वन गस्तीबीच  पर्सामा गोली हानाहान

    वीरगञ्ज – पर्सामा काठ तस्कर र वन गस्ती टोलीबीच गोली हानाहान भएको छ । सवडिभिजन वन कार्यालय अन्तर्गतको राष्ट्रिय वनबाट सालको काठ ल्याउँदै गरेको तस्कर समूह र वन गस्ती टोलीबीच गोली हानाहान भएको हो ।
    गोप्य सूचनाको आधारमा सवडिभिजन वन कार्यालय बढनिहारबाट सुवेदार प्रदीप तिमल्सिना नेतृत्वको गस्ती र साइकलमा काँचो सालको गोलिया ल्याउँदै गरेका तस्कर समूहबीच जम्काभेट भएको थियो । तस्कर समूहले वन गस्ती टोलीलाई लक्षित गरी एक राउण्ड फायर गरेपछि जवाफमा वन गस्ती टोलीले दुई राउण्ड फायर गरेको डिभिजन वन कार्यालय पर्साका प्रमुख राजेश्वरमान श्रेष्ठले जानकारी दिए ।
    घटनास्थलबाट वन गस्ती टोलीले चार वटा सालको गोलिया काठ, काठ ओसार्न प्रयोग गरिएको साइकल ४ थान, दुईवटा हाते आरा र दुई वटा बञ्चरो बरामद गरेको वन गस्ती टोलीले जनाएको छ । बरामद काठ र साइकल आवश्यक कारबाहीका लागि शव डिभिजन वन कार्यालय बढनिहारमा राखिएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij