Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

२५ जुवाडेलाई पुनः अदालतमा उपस्थित गराइँदै


  • मंगलबार, कार्तिक २६ २०७६

  • २५ जुवाडेलाई पुनः अदालतमा उपस्थित गराइँदै

    काठमाडौं – काठमाडौंको महाराजगञ्जबाट १० कात्तिकमा पक्राउ परेका २५ जना जुवाडेमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि छानविन थालेको छ ।
    महानगरीय प्रहरी वृत्त महाराजगञ्जले अनुसन्धान सकेर बुझाएको रायसहितको प्रतिवेदनका आधारमा तयार पारिएको अभियोगमाथि सुनुवाइ गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले सबैलाई धरौटीमा छाड्न आदेशपछि विभागले पुनः उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको हो ।
    विभागका एक अधिकृतका अनुसार अनुसन्धानका लागि म्याद थप गर्न मंगलबार सबै जनालाई जिल्ला अदालत, काठमाडौंमा पुनः उपस्थित गराइँदैछ ।
    काठमाडौं–३, पिपलमार्गस्थित विक्रम गौतमको घरमा छापा मारेर नियन्त्रणमा लिइएका क्यासिनो किङ भनेर चिनिने बलराम सापकोटासहित ठेकदार पवनकुमार गुप्ता, उद्योगी श्रवणकुमार गोयल, एयर डाइनेस्टीका सञ्चालक पवित्रकुमार कार्की, जुवा खेलाउने विक्रम गौतम, मुक्ति लामा लगायतले जुवामा प्रयोग गरेको रकमको स्रोत नखुलेको भन्दै प्रहरीले सम्पत्ति शुद्धीकरण विभागलाई अनुसन्धानका लागि पत्र काटेको थियो ।
    तिहार लक्षित विशेष सुरक्षा योजनामार्फत प्रहरीले चलाएको अपरेशनका क्रममा त्यहाँ दुई करोड ४७ लाख रुपैयाँ नगद, बैंक अफ काठमाण्डौंको ३ लाख रुपैयाँको चेक, ३२ वटा कौडा, ४ बुक तास लगायत बरामद भएको थियो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij