काठमाडौ । रौतहरमा कांग्रेस सांसद मोहम्मद अफताव आलमले जिउँदै इट्टा भट्टामा हालेर हत्या गरेको प्रकरणका सरकारी साक्षीहरुले एकपछि अर्को गर्दै वयान फेर्न थालेका छन । घटनामा घाइते भनिएका गौरी शंकर चमारले पनि अदालतमा वयान फेरेका छन । आफु वम विनकोटमा नभइ किचनमा काम गर्ने क्रममा ग्यास सिलिन्डर पड्किएर घाइते भएको भन्दै एक भारतीय अस्पतालको कागजात सहित अदालतमा उपस्थित भएका छन । उनी भारतिय नागरिक हुन ।
यस अघि पनि मृतक ओसी अख्तरकी पत्नीले आफ्नाे पतिको वम विष्फोटमा मृत्यु नभएको भन्दै वैदेशिक रोजगारीमा गएको वयान दिएकी थिइन । अख्तरका ससुरा समसुल मियाँले आफ्ना ज्वाईलाई आलमले नै जिउदै इट्टा भट्टामा हालेर हत्या गरेको बताएका थिए । दर्जन वढीको हत्या घटनामा सरकारी साक्षीले वयान फेर्न थाले पछि उनीहरुलाई आलम पक्षले त्रास देखाएर आफ्नो पक्षमा वोल्न वाध्य पारेको देखिएको छ ।
१२ वर्ष अघिको घटनामा अदालतमा थुनछेक बहस चलिरहेको छ । आलमको पक्षवाट दुइ दर्जन वकिल वहस गर्न रौतहट पुगेका छन ।
यो पनि
https://www.rastrapukar.com/2019/10/78136/#.XbQ-3bw8Xx8.facebook
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
