Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

डा. गोविन्द केसीले डडेल्धुराबाट अनशन सुरु गर्ने


  • सोमबार, कार्तिक १८ २०७६

  • डा. गोविन्द केसीले डडेल्धुराबाट अनशन सुरु गर्ने

    काडमाडौं – नेपाल मेडिकल शिक्षा सुधारका लागि विभिन्न माग राखेर अनसन बस्दै आएका डा. गोविन्द केसी अर्को अनसन बस्न सोमबार सुदूरपश्चिमको डडेल्धुरा पुगेका छन् ।
    यसअघि उनी नेपाल चिकित्सक संघको भवनमा अनसन बस्ने तय भए पनि एक्कासी डडेल्कुरा पुगेका केसीका सहयोगीले बताएका छन् ।
    डा. केसीले सोमबार नै जिल्ला अस्पताल डडेल्धुरामा रक्तचाप र रगतमा चिनीको मात्रा जाँच गराएका छन् । उनले अनसन बस्नुअघि यी जाँच गराउँदै आएका छन् ।

    प्राध्यापक डा.गोविन्द केसीले आजदेखि १७ औँ अनशन डडेल्धुराबाट सुरु गर्ने भएका छन् । १६ औँ अनशनसम्म सरकारसँग भएका विभिन्न सहमति पुरा नभएको र अहिलेसम्म सरकारले छलफलका लागि नबोलाएपछि डा. केसीले अनशन सुरु गर्न लागेका हुन् ।

    यस्ता छन् डा. केसका १७ औँ अनशनका मागहरुः
    १. २०७५ साउन १० गते भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गरियोस् ।

    २.विश्वविद्यालयहरुमा पदाधिकारी नियुक्तिको हालको प्रक्रिया रोकी पराशर कोइराला नेतृत्वको मापदण्ड निर्धारण समितिले दिएको सुझावअनुरूप निष्पक्ष र पारदर्शिता ढङ्गले पदाधिकारी नियुक्त गर्ने कानूनी व्यवस्था गरियोस् ।

    ३.आन्दोलनरत मेडिकल विद्यार्थीहरुका मागहरु पूरा गर्दै नेपालका सबै निजी मेडिकल कलेजले अवैध रुपमा असूल गरेको सम्पूर्ण रकम फिर्ता गरियोस् । अरबौंको ठगी तथा आर्थिक अपराधका दोषी मेडिकल कलेजका सञ्चालकहरुलाई फौजदारी कानून बमोजिम कडाभन्दा कडा कारवाही गरियोस् ।

    ४.संसदीय उपसमितिको माफियाको प्रभावमा गरिएको शुल्क र सिट संख्यामा बृद्वि गर्नेसम्बन्धी लगायतको निर्णय तत्काल खारेज गरियोस् ।

    ५.कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पुर्याएर एमबिबिएस  कार्यक्रम सञ्चालन गर्नुपर्ने । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमडिजीपी कार्यक्रम सञ्चालन गर्ने अनुमति अनुचित ढङ्गले प्रधानमन्त्री कार्यालयले अड्काएर राखेकाले त्यसलाई तुरुन्त स्वीकृति दिँदै शीघ्र एमबिबिएस कार्यक्रम सञ्चालन गर्ने व्यवस्था गर्नूपर्ने । प्रदेश नं २ र ४ तथा डोटी र डडेल्धुरा, उदयपुर, इलाम र पाँचथरमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाउनुपर्ने ।

    ६. संक्रमणकालीन न्यायसम्बन्धी आयोगहरुमा दलीय भागवन्डाबाट नभई पीडितको विश्वास जित्ने विज्ञहरुलाई नियुक्त गर्नुपर्ने ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij