Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

उपनिर्वाचनको सुरक्षा कार्ययोजना तयार


  • शुक्रबार, कार्तिक १५ २०७६

  • उपनिर्वाचनको सुरक्षा कार्ययोजना तयार

    काठमाडौं -आगामी मंसिर १४ गते हुने उपनिर्वाचनको सुरक्षा तयारीबारे गृह मन्त्रालयमा छलफल भएको छ । बैठकमा गृहमन्त्री रामबहादुर थापा, गृहसचिव प्रेमकुमार राई, नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी, नेपाली सेनाका रथी गौरब तण्डुललगायत सहभागी थिए ।
    उपनिर्वाचनका लागि तयार पारिएको केन्द्रीय सुरक्षा कार्ययोजना प्रस्तुतिकरण गरिएको थियो । कार्ययोजनामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मीको एकीकृत परिचालनको खाका तयार पारिएको छ । बैठकमा गृहमन्त्री थापाले सुरक्षा कार्ययोजना राम्रो बनेको भन्दै सुरक्षा संवेदनशिलता र विगतका निर्वाचनका अनुभवका आधारमा आवश्यकता अनुसार कार्ययोजनालाई थप परिस्कृत गर्दै लैजान निर्देशन दिए ।
    उनले निर्वाचनलाई स्वच्छ, स्वस्थ, शान्तिपूर्ण र भयरहित वातावरणमा सञ्चालन गर्न आवश्यक सबै तयारी गर्न समेत सुरक्षा निकायलाई निर्देशन दिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij