काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीलाई आजै डिस्चार्ज गरिने ग्राण्डी अस्पतालले जनाएको छ ।
अस्पतालका मेडिकल डाइरेक्टर चक्रराज पाण्डे र नोफ्रोलोजी विभागका अध्यक्ष डा. दिव्यासिंह शाहले प्रेस नोट जारी गर्दै प्रधानमन्त्रीको अवस्था सामान्य रहेको बताएका हुन् । साथै आजै डिस्चार्ज गर्ने तयारी छ ।
प्रधानमन्त्री दुई पटक डायलासिस गरिएको छ । फेरि डायलासिस गर्नुपर्ने नपर्नेबारे रगतको रिपोर्ट आएपछि चिकित्कसहरुले निर्णय गर्ने मेडिकल डाइरेक्टर पाण्डेले बताए । प्रधानमन्त्री बुधबार अस्पताल भर्ना भएका थिए ।

""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
