Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

निवर्तमान सभामुख महराविरुद्ध जबर्जस्ती करणी मुद्दा दर्ता


  • बिहिबार, कार्तिक १४ २०७६

  • निवर्तमान सभामुख महराविरुद्ध जबर्जस्ती करणी मुद्दा दर्ता

    काठमाडौं – निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्ध जबर्जस्ती करणी उद्योगमा जिल्ला अदालत काठमाडौंमा अभियोगपत्र दायर भएको छ।
    संसद् सचिवालयकी एक कर्मचारीमाथि यौन दुर्व्यवहारको आरोप लागेका महरा असोज १९ गते पक्राउ परेका हुन्।
    अनुसन्धान सकिएपछि प्रहरीले बुझाएको प्रतिवेदन अनुसार सरकारी वकिलको कार्यालयले अभियोगपत्र दर्ता गरेको हो। अभियोगपत्रमा महरालाई पाँच वर्षसम्म कैदको माग गरिएको छ। सँगै पदीय मर्यादा विपरित कार्य गरेकाले महरालाई थप सजायको माग भएको छ। उनलाई सरकारी उच्च पदाधिकारी भएकाले थप सजाय हुनुपर्ने अभियोगपत्रमा उल्लेख गरिएको छ। अभियोगपत्रमा क्षतिपूर्तिकोसमेत माग गरिएको छ ।
    मुद्दा दर्ता भएपछि महरालाई प्रहरीले फेरि थुनामा लगेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij