काठमाडौं – महाराजगञ्जबाट जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका २५ जना जुवाडेलाई ७ दिन थुनामा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।
उनीहरूमाथि अनुसन्धान गर्न सात दिन म्याद थपेको महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका डिएसपी उमेश लम्सालले बताए।
शनिबार राति महाराजगञ्जबाट महानगरीय प्रहरी वृत्तले २५ जना ‘हाइप्रोफाइल’ जुवाडेलाई पक्राउ गरेको थियो। पक्राउ परेकाहरूले छुट्टाछुट्टै बन्दीप्रत्यक्षीकरण रिट दायर गरेका थिए।
बुधबा सर्वोच्चले भने ‘बन्दीप्रत्यक्षीकरणका निवेदनहरू साथै राखी एकैपटक हेर्नुपर्ने देखिएकाले प्रस्तुत निवेदन समेत सो निवेदनहरूसँग साथै राखी बन्दीहरूलाई समेत उपस्थित गराई नियमानुसार गरी पेश गर्नू।’ भन्ने आदेश दिएको थियो।
आइतबार निवेदन दिएका ६ जना र सोमबार तथा बुधबार निवेदन दिएका ८ जना गरी सबैलाई म्याद तामेल गरी हाजिर गराउन आदेश दिएको हो।
शनिबार राति नारायण गोपाल चोक छेउबाट जुवा खेलिरहेको अवस्थामा बलराम सापकोटासहित २५ जना जुवाडे पक्राउ परेका थिए। उनीहरूबाट प्रहरीले दुई करोड ६७ लाख रूपैयाँ र ३ लाख बराबरको चेकसमेत बरामद गरेको थियो।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
