Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सामाजिक सद्भाव कायम राख्न पत्रकार महासंघ कपिलबस्तुको आग्रह


  • बिहिबार, कार्तिक १४ २०७६

  • सामाजिक सद्भाव कायम राख्न पत्रकार महासंघ कपिलबस्तुको आग्रह

     

    कपिलवस्तु – कपिलवस्तुको कृष्णनगरमा हिजो दिपावलीको लक्ष्मी पुजाको मूर्ति विसर्जनको क्रममा भएको विवादमा संलग्न सवै पक्षलाई संयमित हुन नेपाल पत्रकार महासंघ कपिलवस्तुले आग्रह गरेको छ । विगतमा जस्तै सिमाक्षेत्रमा हुनसक्ने साम्प्रदायिक घटना प्रति कृष्णनगरबासी, सुरक्षा निकाय तथा मिडिया जगत सचेत भई सामाजिक सद्भाव कायम राख्न आग्रह गर्दछ । सदियौं देखिको आपसी सद्भाव, भाइचारा र एकतालाई कायम राख्न सवैपक्ष जिम्मेवार भई सवै जातजातीको चाडपर्व, रितीरिवाज र सँस्कृतिलाई सम्मान गर्न पनि अनुरोध गरेको छ । जातीय सद्भाव र मेलमिलापलाई खलल पु¥याउने कार्य जो कसैले पनि गर्न नहुने हाम्रो ठहर छ ।

    नेपाली समाज सामाजिक सहिष्णुतामा आधारित भएर अगाडी बढ्न सफल भएको हो । सामाजिक सद्भाव विगार्ने कार्य कानुनी तथा सामाजिक रुपमा दण्डनीय भएकोले यस्ता अबाञ्छनिय गतिविधी गर्ने कुनै पनि व्यक्तिलाई कानुनी दायरामा ल्याउनुपर्ने महासंघले जोडदार माग गर्दछ । कपिलवस्तुको कृष्णनगरको हुन सक्ने सम्भावित घटना प्रति कृष्णनगरबासी संगसंगै मिडिया जगत पनि संयमित हुन आग्रह गर्दछ । जिल्लाका सम्पूर्ण संचार माध्यम तथा आवद्ध पत्रकारलाई सामाजिक सद्भाव र एकता कायम राख्ने गरी समाचार सम्प्रेषण गर्न अनुरोध गरेको छ । संचारमाध्यम तथा पत्रकारले पत्रकार आचार संहिता पूर्ण पालना गर्दै जिम्मेवार पत्रकारिता गर्न आग्रह समेत गरेको नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिलाराम भुसाल तथा सचिव हरि अधिकारीद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij