Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

दाङमा बसको ठक्करले कुखुराको भाले मरेपछि चक्काजाम


  • शुक्रबार, कार्तिक ८ २०७६

  • दाङमा बसको ठक्करले कुखुराको भाले मरेपछि चक्काजाम

    काठमाडौं – दाङको तुलसीपुर उपमहानगरपालिका १४ लुहाडबरामा बसको ठक्करले कुखुराको भाले मरेपछि स्थानीयहरुले चक्काजाम गरेका छन्।
    बिहीबार खैराहा कोठारी सडकखण्डमा चल्ने बसले स्थानीयको भाले मारेर भागेपछि उचित क्षतिपूर्तिको माग गर्दै स्थानीयहरुले सडकमा ढुंगा थुपार्नुका साथै काठ, बाँस तेर्साएर सडक अवरुद्ध पारेका थिए ।
    बस व्यवसायी र पीडित पक्षबीच २ केजी भालेको १ हजार २ सय रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने सहमति पछि सडक खुलेको रहेछ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij