Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

निवर्तमान सभामुख महरालाई थप ७ दिन थुनामा राख्न अनुमति


  • बिहिबार, कार्तिक ७ २०७६

  • निवर्तमान सभामुख महरालाई थप ७ दिन थुनामा राख्न अनुमति

    काठमाडौं – निवर्तमान सभामुख कृष्णबहादुर महरालाई काठमाडौं जिल्ला अदालतले थप सात दिन थुनामा राखेर अनुसन्धान गर्ने अनुमति दिएको छ।
    महानगरीय अपराध महाशाखाले अनुसन्धानका लागि पुनः म्याद थपको माग गरेपछि बिहीबार न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
    संसद सचिवालयकी एक कर्मचारीले बलात्कार प्रयास गरेको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएपछि महरालाई असोज १९ गते प्रहरीले बालुवाटारस्थित सभामुखको निवासबाट पक्राउ गरेको थियो ।
    यसअघि काठमाडौं जिल्ला अदालतले महरामाथि अनुसन्धान गर्न पहिलो पटक १३ दिन र त्यसपछि ५ दिनको म्याद दिएको थियो । उनी १८ दिनदेखि प्रहरी थुनामा छन्। पक्राउ गरेको दिनदेखि २५ दिनभित्र अनुसन्धान गरिसक्नुपर्ने हुन्छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij