काठमाडौं – चाबहिलबाट चुच्चेपाटी जाने मूल सडक छेउमा रहेको पुरानो घर भत्काउने क्रममा घाइते भएका २६ वर्षीय दीपक तामाङको मृत्यु भएको छ। बुधबार दिउँसो पुरानो घरलाई विस्तारै भत्काउँदा एक्कासी गर्लम्मै ढलेपछि उनी घाइते भएका थिए। उनी घर भत्काउने कामदार थिए। घर भत्किँदा घाइते भएका रामबहादुर कुँवरको अवस्था भने सामान्य रहेको सिंहले बताए।
चाबहिलस्थित दिर्घायु अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरी वृत्त गौशालाका डिएसपी प्रदीप कुमार सिंहले जानकारी दिए।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
