Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेविसंघद्धारा त्रिवि रजिस्टार कार्यालयमा तालाबन्दी


  • बुधबार, कार्तिक ६ २०७६

  • नेविसंघद्धारा त्रिवि रजिस्टार कार्यालयमा तालाबन्दी

    काठमाडौं – त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरुले अनुचित ढङ्गले जनप्रशासन केन्द्रीय विभागको विभागीय प्रमुख नियुक्त गरेको आरोपमा स्वतन्त्र विद्यार्थी युनियन र नेपाल विद्यार्थी संघले तालाबन्दी गरेको छ ।
    मंगलबार विभागमा तालाबन्दी गरेका उनीहरुले बुधबार त्रिवि रजिस्टार कार्यालयमा समेत तालाबन्दी गरेका हुन् ।
    विगतमा प्राध्यापकलाई नै विभागीय प्रमुख बनाउने प्रचलन तोडेर उपप्राध्यापकलाई निमित्त प्रमुख बनाइएको भन्दै नेविसंघको जनप्रशासन क्याम्पस एकाइ आन्दोलित बनेको हो ।

    त्रिवि पदाधिकारी बैठकले त्रिविमा रिक्त भएका विभाग र क्याम्पसका पाँच पदमा पुरानैलाई निरन्तरता दिने नीति बनाएको थियो । तर, अन्यत्र सो सिद्धान्त अनुसार नियुक्ति भए पनि जनप्रशासनमा सो मापदण्ड मिचिएको बताइएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij