काठमाडौं – सञ्चार तथा सूचना प्रविधि मन्त्री एंव सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले चिनियाँ राष्ट्रपति सी चिनफिङको दुई दिने नेपाल भ्रमण हरेक हिसाबले सफल भएको बताएका छन्।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता बाँस्कोटाले
राष्ट्रपति सीको भ्रमणले नेपालप्रति सम्मान र नेपालीप्रतिको विश्वास भएको बताए।
‘यो भ्रमणले नेपाल अन्तर्राष्ट्रिय जगतमा चिनिएको छ,’ उनले भने, ‘अनेक कोणबाट राष्ट्रिय अन्तर्राष्ट्रिय मिडियामा कभरेज भएको छ।’ भ्रमण ऐतिहासिक रूपमा सफल भएको उनले बताए।
‘नेपाल अब भूजडित हुने राष्ट्रपति सीबाट प्रतिवद्धता व्यक्त भएको छ,’ उनले भने, ‘हाम्रो सम्भावनाको ढोका खुल्यो। अब हामी अप्ठेरोमा छैनौं भन्ने सन्देश दिएको छ।’
भ्रमणबाट कनेक्टिभिटीका लागि रेल वे, विद्युत, ञ्चारलगायत क्षेत्रमा फाइदा हुने उनले बताए।
शंका र अविश्वासमा नगइ नीति र क्षमतामा विश्वास गर्नुपर्ने उनले बताए।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
