Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

निवर्तमान सभामुख महरालाई तीन दिन हिरासतमा राख्न अदालतको अनुमति


  • मंगलबार, असोज २८ २०७६

  • निवर्तमान सभामुख महरालाई तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

    काठमाडौं– बलात्कारको प्रयास गरेको अभियोगमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई थप तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
    जिल्ला अदालत काठमाडौंका न्यायाधीश दिपक कुमार दाहालको इजलाशले यसअघिको १० दिन हिरासतमा रहेका महरालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
    अदालत खुलेसँगै महरालाई प्रहरीले मंगलबार बिहान महरालाई जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको थियो ।
    शाहीले आफूमाथि बलात्कार प्रयास भएको भन्दै महानगरीय प्रहरी वृत्त वानेश्वरमा किटानी जाहेरी गरेपछि प्रहरीले महरालाई बालुवाटारस्थित सभामुख निवासबाटै असोज १९ गते पक्राउ गरेको थियो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij