Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

राष्ट्रपति भण्डारी पाँच दिने भ्रमणका लागि पर्सी म्यानमार जाने


  • सोमबार, असोज २७ २०७६

  • राष्ट्रपति भण्डारी पाँच दिने भ्रमणका लागि पर्सी म्यानमार जाने

    काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी २९ गते म्यानमारको राजकीय भ्रमणमा जाने भएकी छन् ।
    म्यानमारका राष्ट्रपति विन माइन्टको निमयन्त्रणमा पाँच दिने भ्रमणमा जान राष्ट्रपति भण्डारी लागेकी हुन् ।
    भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले नेपाली मूलका म्यानमारका नागरिकहरुसँग पायन यु लायनमा पनि भेट्ने छन् । उनले यंगुनको ऐतिहासिक स्थानहरुको समेत भ्रमण गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
    राष्ट्रपति भण्डारीको भ्रमण दलमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसमेत सहभागी हुनेछन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij