Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

विनय अधिकारीले दिए सचिवमा उम्मेदवारी (घोषणापत्रसहित)


  • सोमबार, असोज २७ २०७६

  • विनय अधिकारीले दिए सचिवमा उम्मेदवारी (घोषणापत्रसहित)

    काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए) नौं अधिवेशनको संघारमा उम्मेदवारी घोषणाा गर्ने र मत माग्ने अभियान शुरू भईसकेको छ । संघको सचिव पदमा बेलायतबाट विनय अधिकारीले विभिन्न १६ बुँदे प्रतिबद्धतासहित आफनो उम्मेदवारी घोषणा गरेका छन्।

    यस्तो छ अधिकारीको घोषणापत्रको पूर्णपाठ :-

    गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको सचीव पदका उम्मेदवार विनय अधिकारीको १६ बुँदे प्रतिबद्धतापत्र

    आदरणीय गैर आवासीय नेपाली आमा बुबा, दाजु भाई तथा दिदी बहीनीहरुमा हार्दिक नमस्कार । सर्वप्रथम गैर आवासीय नेपाली संघको काठमाडौंमा १५ देखि १७ सम्म हुने ९ औ विश्व सम्मेलनमा बेलायतबाट म विनय अधिकारी आइसिसी सचिव पदमा उम्मेदवार रहेको जानकारी गराउन पाउँदा निकै खुसी र उत्साहीत छु ।

    कार्ययोजना निम्नानुसार रहेको छ :-

    १. गैर आवासीय नेपाली संघको अहिलेको मुख्य एजेन्डा नेपाली नागरिकताको निरन्तरता नै हो । लामो समयदेखि संघले उठाउँदै आएको यो एजेन्डा अझै पूरा हुन सकेको छैन । त्यसैले गैर आवासीय नेपालीलाई नेपाली नागरिकताको निरन्तरताको एजेन्डालाई कार्यान्वयन लग्न नेपाल सरकारलाई दबाब दिर्दै छिटो भन्दा छिटो कार्यान्वयनमा लग्ने प्रतिबद्धता ब्यक्त गर्न चाहान्छु । साथै गैर आवासीय नेपालीलाई पनि राजनैतिक अधिकारको समेत सुनिश्चित गर्ने गरि पहल गर्नेछु ।

    २. बेलायतमा लामो समयदेखि बस्दै आएका भूपू गोर्खा सैनीकका समस्या समाधानमा विशेष पहल गर्नेछु । बेलायतका भूपू गोर्खा सैनीकका समस्या समाधान गर्न विभिन्न निकायलाई दबाब दिने देखि सबै पक्षसँग सहकार्य तथा छलफल चलाएर गोर्खालीको मुद्दालाई सशक्त ढंगले उठाउँदै माग सम्बोधनमा पहलकदमी चाल्नेछु ।

    ३. एनआरएनए पूर्व अध्यक्ष डा। शेष घलेको पालामा पारित भइसकेको र शेष घलेको भिजनसहितको एनआरएनएनको भिजन ट्वान्टी ट्वान्टी एन्ड वियोण्डलाई कार्यान्वयनमा लग्न सक्दो पहल गर्नेछु । विशेष गरि भिजन ट्वान्टी ट्वान्टी एन्ड वियोण्डमा गैर आवासीय नेपालीको संरचनागत परिवर्तनदेखि सबै हक हितका कुरा उल्लेख गरिएकाले भिजन ट्वान्टी ट्वान्टी एन्ड वियोण्ड जतिसक्दो कार्यान्वयनमा लग्नु अबको एनआरएनएको मुख्य एजेन्डा भएकाले यसलाई लागू गराउन मेरो महत्वपूर्ण भुमिका रहनेछ ।

    ४. वैदेशिक रोजगारीको क्रममा मध्य पूर्वसहित मलेसियालगायतमा देखिएका समस्याहरु समाधानमा पहल गर्नेछु । विशेष गरि गैर आवासीय नेपाली श्रमीकका हक हितमा केन्द्रित भई श्रमीक पक्षमा सशक्त ढंगले आवाज उठाउँदै श्रमीकका समस्या पहिचान गरेर नेपाल सरकारसँग समस्याको समाधानमा पहल गर्नेछु । साथै श्रमीक वर्गको हक हितको लागि निस्पक्ष भएर पहल गर्नेछु र खाडीका समस्या जतिसक्दो सम्बोधन गर्न लागिपर्नेछु ।

    ५. विगतमा तत्कालीन अध्यक्ष शेष घलेको पालामा स्थापना गरिएको एनआरएनको श्रमीक कल्याणकारी कोषलाई ब्यवस्थित गर्न पहल गरि श्रमीक वर्गको पक्षमा काम गर्न लागिपर्नेछु । सन् २०१५ मा श्रमिक कल्याणकारी कोषको स्थापना गरिएको भए पनि सो कोषलाई ब्यवस्थित गर्न नसकिएकाले आगामी दिनमा सो कोषलाई ब्यवस्थित बनाउँदै वैदेशिक रोजगारीमा आउने विभिन्न समस्याको समाधानमा लागिपर्नेछु ।

    ६. गैर आवासीय नेपाली संघलाई आर्थिक रुपमा सवल र सक्षम बनाउँदै विश्वभरी रहेका करिव ८० लाख गैर आवासीय नेपालीमाझ संघलाई पुर्याउन पहल गर्नेछु । साथै एनआरएनए पञ्जीकृत सदस्यता विस्तार अभियान चलाउँदै सदस्य बन्न आवश्यक शूल्क घटाउनेतर्फ समेत विशेष पहल गर्नेछु ।

    ७. नेपाल सरकारले घोषणा गरेको ’भिजीट नेपाल २०२०’ लाई सफल बनाउन तथा प्रर्यटन प्रबद्र्धनमा टेवा पुर्याउन नेपाल सरकारसँग मिलेर समन्वयकर्ताको भूमिका निर्वाह गर्नेछु । ।

    ८. वैदैशिक लगानी, ज्ञान, सिप र प्रविधि हस्तान्तरणमा लागिपर्नेछु । गैर आवासीय नेपाली संघले यसअघि पहिलो पटक विज्ञ सम्मेलन सम्पन्न गरिसकेको छ । सो विज्ञ सम्मेलनलाई आगामी दिनमा निरन्तरता दिर्दै विदेशमा नेपालीले सिकेको ज्ञान, सिप र प्रविधि भित्र्याउन लाग्नेछु ।

    ९. गैर आवासीय नेपाली संघको काठमाडौंमा रहेको सचिवालय निकै सुस्त र अब्यवस्थित रहेकाले आगामी दिनमा एनआरएनए सचिवालयलाई ब्यवस्थित बनाउँदै सचिवालयलाई सम्पर्क कार्यालयको रुपमा विकास गर्न लागिपर्नेछु ।

    १०. गैर आवासीय नेपाली संघमा नयाँ पुस्तालाई विभिन्न माध्यमबाट एनआरएनएमा आबद्ध गराउँदै नयाँ पुस्तामा नेपाली कला, संस्कृतिप्रति जानकारी गराउन प्रयास गर्नेछु ।

    ११. गैर आवासीय नेपाली संघलाई सबै डायस्पोरामा छरिएर रहेका नेपालीहरुको अपनत्व हुने साझा संस्था र सबैको पहुँच तथा प्रतिनिधित्व हुने गरि अघि बढाउनेछु ।

    १२. वैदेशिक रोजगारीबाट गएको रेमिटेन्सलाई उत्पादनमुलक क्षेत्रमा लगानी गर्न नेपाल सरकारसँग सहकार्य गरि विशेष पहल गर्नेछु ।

    १३. गैर आवासीय नेपाली संघले यसअघि शूरु गरेको मेगा पोजेक्टहरु लाप्राक र एनआरएन भवनलाई पूरा गर्नेछु । लामो समयदेखि लाप्राक पोजेक्ट हस्तान्तरण हुन नसकेको र एनआरएनए भवन समेत अपूरो रहेकाले ती प्रोजेक्ट पूरा गर्न लागिपर्नेछु ।

    १४. विदेशमा मिहेनत गरेर आर्जन गरेको ससानो पूँजीलाई एकीकृत गरि संयुक्त रुपमा नेपाल सरकारसँग सहकार्य गरि नाफामूलक योजनाहरुमा लगानी गर्ने पहल गर्नेछु । साथै लगानीबाट आएको मुनाफा सजीलै चाहेको बेला ल्याउन सक्ने कानुन बनाउन पहल गर्नेछु । संघले नेपाल सरकारसँग मिलेर गर्न लागेको १० अर्बको लगानी ल्याउन र ससानो पूँजीलाई स्थान दिन विशेष भूमिका खेल्नेछु ।

    १५. विदेशमा जन्मेका युवा पुस्तालाई नेपाली विभिन्न संघ सस्था र एनआरएनएसँग जोड्न विभिन्न प्रकारका खेलकुद र अतिरिक्त क्रियाकलप आयोजना गर्दै एनआरएनए एकेडेमीमार्फत सक्दो प्रयास गर्नेछु ।

    १६. एनआरएनमा स्थापना कालदेखि पत्रकारहरुको महत्वपूर्ण योगदान रहँदै आएको हुँदा आगामी दिनमा पत्रकार क्षेत्रको विकास र प्रबद्र्धनको लागि ‘एनआरएनए पत्रकार अक्षय कोष’ खडा गर्नेछु ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij